अमेरिकासहित २३ देशमा फैलियो ओमिक्रोन भेरिएन्ट


काठमाडौं ।  संयुक्त राज्य अमेरिकासहित २३ देशमा कोरोनाको नयाँ ओमिक्रोन भेरिएन्ट फैलिएको छ ।  एसियाली राष्ट्र हङकङ, जापान, साउदी अरबलगायतका मुलुकमा देखापरिसकेको यो भेरिएन्ट अमेरिकासम्म पुगेको छ ।

दक्षिण अफिक्राबाट सुरु भएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट विश्वभर तीब्र गतिमा फैलिरहेको देखिन्छ । विश्व स्वास्थ्य संगठनले नेपालमा पनि ओमिक्रोन भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ ।

नेपालमा ओमिक्रोन भेरिएन्ट फैलन नदिन अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न नेपाली नागरिकलाई सचेत गराएको छ ।

 

ओमिक्रोन भेरिएन्ट देखापरेका देशहरू

दक्षिण अफ्रिका,

बेलायत,

अष्ट्रेलिया,

अष्ट्रिया,

जर्मनी,

हङकङ,

नेदरल्याण्ड,

डेनमार्क,

इटाली,

बेल्जियम,

क्यानडा,

चेक रिपब्लिका,

बोत्सवाना,

इजरायल,

स्पेन,

स्वीडेन,

पोर्चुगल,

ब्राजिल,

नाइजेरिया,

साउदी अरब,

स्विट्जरल्याण्ड,

जापान,

संयुक्त राज्य अमेरिका,

 

 

 

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ