पैसा नमाग्ने भन्ने रबि लामिछानेले स्वास्थ्य मन्त्रालयसँग ५ करोड मागेको खुलासा


काठमाडौं । सञ्चारकर्मी रबि लामिछानेले कालिकोट जिल्लास्थित रास्कोट नगरपालिकामा निर्माण गरेको रास्कोट नगर अस्पतालका लागि सरकारसँग झण्डै ५ करोड रुपैयाँ ‘चन्दा’ मागेको पाइएको छ । रबि लामिछाने फाउण्डेशनमार्फत २०७५ साल पौस २७ गते रास्कोट अस्पताल बनाउने घोषणा गरेका उनले ०७७ चैत ३१ गते रास्कोट नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।

उक्त अस्पतालको बनाउँने निर्माण कम्पनीलाई ४ करोड ९० लाख रुपैयाँ दिन बाँकी रहेको भन्दै उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुदान रकम माग गरेको प्रमाण स्वास्थ्य लाइभले फेला पारेको हो । तर, लामिछानेले भने, रकम कसैसँग नमाग्ने दिएको भने लिने बताउँदै आएका थिए । लामिछानेको भनाइ र गराईप्रति स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले आश्चर्य मानेका छन् ।

उनले आफ्नै मिडियामार्फत भनेका छन्, ‘सुरुमा ५ करोड लगानीमा बन्ने उद्घोष गरेको अस्पताल निर्माण हुँदै जाँदा ८ करोड बढी खर्च लागेको छ । यो अस्पताल निमार्णमा हाम्रो भूमिका धेरै छैन देश तथा विदेशबाट नेपाललाई माया गर्नेहरुले आफ्नो पसिनाको कमाई यो भवनको कुना-कुनामा परेको छ ।’,

लामिछानेले अघि थपेका छन्, ‘हामी अस्पताल निमार्ण गर्नका लागि कसैसँग रकम माग्दैनौं तर, दिएको भने लिन्छौं ।’ दुई वर्ष एमबीबीएस चिकित्सक राखेर सेवा दिँदा २ करोड ५० लाख रुपैयाँ खर्च भएको उनले देखाएका छन् ।’,

स्वास्थ्य मन्त्रालयमा अनुदान माग गरेको पत्रमा लेखिएको छ, ‘करिब ११ करोड लगानी भएको यस अस्पतालको निर्माण सम्पन्न भइसके तापनि हाल रबि लामिछाने फाउण्डेसनले निर्माण कम्पनी तथा सुपरभिजन कम्पनीलगायत विभिन्न व्यक्ति तथा संस्थालाई ४ करोड ९० लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ । त्यसैले अनुदान रकम उपलब्ध गराई दिनुहोला ।’

आफ्नो कार्यक्रममार्फत के भनेका थिए लामिछानेले ?

रबि लामिछाने फाउण्डेशनमार्फत २०७५ साल पौस २७ गते रास्कोट अस्पताल बनाउने घोषणा भएको हो । भवन बनाएर हामीले ०७७ चैत ३१ गते रास्कोट नगरपालिकालाई औपचारिक रुपमा हस्तान्तरण गरेका छौं ।

सुरुमा ५ करोड लगानीमा बन्ने उद्घोष गरेको अस्पताल निर्माण हुँदै जाँदा ८ करोड ७१ लाख ५८ हजार १ सय ५५ रुपैयाँ लागेको छ । यो एक सामूदायिक अस्पताल मात्रै नभएर नगर अस्पालका रुपमा परिणत भएको छ ।

 

नगर अस्पतालका लागि केही पूर्वाधार थप्नु पर्छ । यो अस्पताल निर्माणमा हाम्रो भूमिका धेरै छैन । देश तथा विदेशबाट नेपाललाई माया गर्नेहरुले आफ्नो पसिनाको कमाई यो भवनको कुना-कुनामा परेको छ ।

सबैले सकेको सहयोग गरेका छन् । १ सय रुपैयाँदेखि २ करोड रुपैयाँसम्म सहयोग गरेका छन् । कपियले आफ्नो नामसमेत नखुलाउने गरी सहयोग गरेका छन् । उनीहरुलाई हाम्रो बराबर सम्मान छ ।

दुई वर्षदेखी सञ्चालनसमेतको हिसाब गर्दा हाम्रो लागत १२ करोड पुगेको छ । तर, आतिनु पर्दैन हामीले थप उपकरणका लागि कयौं संघ, संस्थासँग मागेका छौं । हामी अस्पतालका लागि रकम कसैसँग माग्दैनौं तर, दिएको भने लिन्छौं ।

अस्पतालका लागि कसैसँग माग्दैनौं भन्ने रबि लामिछानेले सरकारसँग झन्डै ५ करोड मागेर समाजसेवा गरेको तथ्य फेला परेकाले उनको असलियत प्रस्ट भएको छ ।  लामिछानेले सरकारसँग ‘चन्दा’ मागेर समाजसेवा गर्न खोजेको स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट पुष्टि हुन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ