यी देशमा पुग्यो तीब्र रुपमा फैलिने ओमिक्रोन भेरिएन्ट


काठमाडौं । अन्य भेरिएन्टको तुलनामा तीब्र रुपमा फैलिने मानिएको कोरोनाको नयाँ ओमिक्रोन भेरिएन्ट एसियामा पनि तीब्र रुपमा फैलिएको छ । एसियाली राष्ट्र, मलेसिया, श्रीलंका, भारत, हङकङ, जापान, साउदी अरबलगायतका मुलुकमा  यो भेरिएन्ट फेला परेको हो ।

दक्षिण अफिक्राबाट सुरु भएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट विश्वभर तीब्र गतिमा फैलिरहेको देखिन्छ । विश्व स्वास्थ्य संगठनले नेपालमा पनि ओमिक्रोन भेरिएन्टको उच्च जोखिममा राखेको  छ ।

नेपालमा ओमिक्रोन भेरिएन्ट फैलन नदिन अफ्रिकासहित यो भेरिएन्ट देखापरेकाे देशका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न नेपाली नागरिकलाई सचेत गराएको छ । चरम लापरबाही र स्वास्थ्य मन्त्रालयले प्रयाप्त तयारी नगर्दा नेपाल पनि यो भेरिएन्टको खतरामा छ ।

 

यी देशमा देखियो ओमिक्रोन भेरिएन्ट 

श्रीलंका,

मलेसिया,

भारत,

दक्षिण अफ्रिका,

बेलायत,

अष्ट्रेलिया,

अष्ट्रिया,

जर्मनी,

हङकङ,

नेदरल्याण्ड,

डेनमार्क,

इटाली,

बेल्जियम,

क्यानडा,

युएई,

चेक रिपब्लिका,

बोत्सवाना,

इजरायल,

स्पेन,

स्वीडेन,

पोर्चुगल,

ब्राजिल,

नाइजेरिया,

साउदी अरब,

स्विट्जरल्याण्ड,

जापान,

संयुक्त राज्य अमेरिका,

क्याटेगोरी : अन्तर्राष्ट्रिय, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ