यी देशबाट नेपाल आउन प्रतिबन्ध


काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएका देशबाट नेपाल पाउनलाई प्रतिबन्ध लगाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले ओमिक्रोन भेरिएन्ट देखिएका देशबट नेपाल आउने यात्रुलाई प्रतिबन्ध लगाइएको जानकारी दिए । उनले मन्त्रालय थप कडाइको पक्षमा रहेको सुनाए ।

मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, हङकङ, बोत्स्वाना, नामिबिया, जिम्बाबे, लेसोथो, मोजाम्बिक, मलाबी र इसबाटिनीबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । ओमिक्रोन भेरिएन्ट देखिएका देशलाई ट्रान्जिट बनाएर आउनेलाई पनि नेपालमा प्रतिबन्ध लगाइएको हो ।

सरकारले ओमिक्रोन भेरिएन्ट रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने तयारी थालेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com