सरकारलाई चुनौती दिँदै वीपीका पदाधिकारी १७ करोडको खेलमा लागे


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारी १७ करोड रुपैयाँको खरिद गर्न लागिपरेका छन् ।

उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर शाहको मिलेमतोमा सार्वजनिक खरिद ऐन तथा नियमावलीलाई ठाडो उल्लंघन गरेर आइसियू र भेन्टिलेटर किन्न लागिएको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर शाहले नियमानुसार नै भएको दाबी गर्दै खरिद प्रक्रिया अघि बढाएको पाइएको हो ।

सरकारले वीपीका पदाधिकारीलाई दीर्घकालीन आर्थिक काम कारबाही गर्न रोक लगाएको छ । तर, उपकुलपति गिरी निर्देशक शाह कानुन प्रक्रिया नै मिचेर आइसियू र भेन्टिलेटर खरिद गरी आर्थिक घोटाला गर्न तम्सिएका छन् । उनीहरूले सरकारलाई चुनौती मात्र दिएका छैनन् । सार्वजनिक खरिद कानुनलाईसमेत कागजको खोस्टो बनाएका छन् ।

उपकुलपति गिरीले प्राध्यापकको किर्ते उपाधि लेख्दै आएका सरकारी छानबिन समितिले ठहर गरिसकेको छ । अहिलेसम्म उनीमाथि भ्रष्टाचारको मुद्दामा नचल्दा प्रतिष्ठानमा आर्थिक चलखेल तथा हिनामिना गर्ने काम गरिरहेका छन् ।

उपकुलपति गिरी, रेक्टर गुरू खनाल र अस्पताल निर्देशक शाहलाई सरकारले बनाएको विभिन्न छानबिन समितिले बर्खास्त गर्न सिफारिस गरिसकेको छ । ती पदाधिकारीलाई सिनेट बोलाएर बर्खास्त गर्ने प्रक्रिया अघि बढाउन सरकारले ढिलाई गरिरहेको छ । यही मौकामा चौका हान्ने दाउमा उपकुलपति गिरी र अस्पताल निर्देशक शाह लागेका छन् ।

 १७ करोडको आइसियू र भेन्टिलेटर खरिद प्रक्रिया जसरी पनि अघि बढाउनुको पछाडि ठूलो आर्थिक चलखेल भएको वीपीका अधिकारीहरु सुनाउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com