अदालतमा सञ्चित विदाबाट कट्टा नहुने गरी कोरोना विदा


काठमाडौं । सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई संक्रमित भएको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा सञ्चित विदाबाट कट्टा नहुने गरी विदा जनाउने निर्णय गरेको छ । सर्वोच्चको प्रधानन्यायाधीशस्तरीय निर्णयबाट सञ्चित विदाबाट कट्टा नहुने गरी विदा जनाउने विषयमा मातहतका सबै निकायलाई जानकारी गराइएको छ ।

सर्वोच्च अदालतमा उपरजिष्ट्रार देवेन्द्र ढकालले  हस्ताक्षर गरेको निर्णय जानकारीको पत्रमा ‘कोरोना भाइरस (कोभिड-१९ )बाट संक्रमित भई उपचार गराइसक्नुभएका वा अपचार गराइरहनुभएका र त्यस्तो अवस्था देखिने सबै तहका अदालत/ न्यायाधीकरणमा कार्यरत माननीय न्यायाधीश तथा कर्मचारीलाई संक्रमित भएको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा प्रतिवेदन प्राप्त भएको मितिबाट १४ (चौध)  दिनको अवधिलाई क्वारेन्टिनको अवधि मानी सञ्चित विदाबाट कट्टा नहुने गरी संक्रमित माननीय न्यायाधीश एवं कर्मचारीहरूले आफू संक्रमित भएको निस्सासहितको निवेदन दिएमा विदा जनाउने गरी मिति २०७७ मंसिर १४ मा  सम्माननीय प्रधानन्यायाधीशस्तरीय निर्णय भएको हुँदा त्यस महाशाखा अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई उपरोक्तअनुसारको निर्णयको जानकारी गराइदिने व्यवस्था हुन अनुरोध छ ।’, भन्ने उल्लेख छ ।

 

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com