चिकित्सा शिक्षाका विद्यार्थीमाथि प्रहरी दमन


काठमाडौं । चीनमा चिकित्सा शिक्षा अध्ययन गरी फर्केका विद्यार्थीहरुले आफ्नो माग पूरा नभएको भन्दै नेपाल मेडिकल काउन्सिल केन्द्रीत आन्दोलन गरेका छन् । उनीहरुले माग पूरा नगरेको गर्दै चिकित्सा शिक्षा आयोगमा तालाबन्दी गर्ने घोषणा गरेका छन् ।

२०१५ र २०१६ ब्याचका विद्यार्थीहरुलाई स्वदेशमै इन्टर्नसिप गर्न व्यवस्था मिलाइदिन विद्यार्थीहरूले माग गरिरहेका छन् । कोरोना भाइरसका कारण २०१९ डिसेम्बरमा स्वदेश फर्कदा उनीहरुको पढाइमा असर परेको छ ।

सरकारले मेडिकल शिक्षामा गुणस्तरको प्रश्न उठ्ने भएकाले अध्ययन अनिवार्य सर्त राखेको छ । त्यसका लागि विद्यार्थीहरु चीन फर्कनु अनिवार्य हुन्छ । इन्टर्नसिप नगरेसम्म नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्न नपाउने व्यवस्था भएका विद्यार्थी धर्म संकटमा परेका हुन् ।

सरकारले आफूहरुका माग सम्बोधन गर्न नचाहेको भन्दै विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगमा विरोध जनाएका छन् । उक्त क्रमम प्रहरी र चीनमा पढ्दै गरेका चिकित्सा शिक्षाका विद्यार्थीबीच आयोग परिसरमा घम्साघम्सी परेको छ । प्रहरीले आयोगका पदाधिकारीलाई भगाएर विद्यार्थीमाथि लाठी प्रहार गरेको आन्दोलनरत विद्यार्थीहरूको आरोप छ ।

‘आफ्नो माग राख्दै चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुसँग शान्तिपूर्ण पहल गर्दा प्रहरीले विद्यार्थीहरुलाई बलपूर्वक दमनगरी आयोगका पदाधिकारीलाई भगाइएको हुनाले बाध्य भई आजको दिनबाट चिकित्सा शिक्षा आयोगमा तालाबन्दीको घोषणा गरेका छौं ।’, आन्दोलनरत विद्यार्थीले भने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com