महिलामन्त्रीको चाल : फार्मेसी सञ्चालक छोरा सल्लाहकार, बुहारीलाई समाज कल्याण


काठमाडौं । फार्मेसी सञ्चालक छोरालाई सल्लाहकार बनाएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुहारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षको पद उपहार दिएकी छिन् ।

छोरा विजय अधिकारीलाई सल्लाहकारको भूमिका दिएकी मन्त्री रेग्मीले बुहारी मोनिका भट्टराई अधिकारीलाई समाज कल्याण परिषद्को उपाध्यक्ष बनाउन सफल भएकी हुन् ।

चितवनका फार्मेसी व्यवसायी विजय आफू आमा (महिलामन्त्री रेग्मी)को सल्लाहकार बनेर श्रीमतीलाई समाज कल्याण परिषद्‌को उपाध्यक्षमा नियुक्ति दिलाउन सफल भएका छन् ।

मन्त्री रेग्मीको सिफारिसमा मोनिकालाई मन्त्रिपरिषद्ले समाज कल्याण परिषद्को उपाध्यक्ष बनाएको हो ।

भरतपुर क्यान्सर अस्पताल परिसरमा बसेर औषधि व्यापार गर्ने मन्त्री रेग्मीका छोरा विजय अहिले महिला मन्त्रालयमा हर्ताकर्ता देखिन्छन् ।

बालअधिकार परिषद्मा नियुक्ति खानका लागि उनी ज्यान दिएर लागि परेको महिला, बालबालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका अधिकारीहरुको दाबी छ ।

बुहारीलाई समाज कल्याण परिषद् जस्तो महत्वपूर्ण ठाउँमा नियुक्ति दिलाएकी मन्त्री रेग्मीले छोरालाई बालअधिकार परिषद्‍मा ल्याएर कल्याण गर्ने दाउमा उनी देखिएकी छिन् ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com