प्रसूति गृहमा नचिरी गरिने शल्यक्रिया सेवा सुरु


काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा लामो समयदेखि रोकिएको ल्याप्रोस्कोपिक (दूरबीन शल्यचिकित्सा) विधिबाट शल्यक्रिया सुरु गरिएको छ । अस्पतालका डाक्टर जागेश्वर गौतमको ०७७ जेठ १५ गते स्वास्थ्य मन्त्रालय सरुवा भएदेखि सेवा अवरुद्ध भएको थियो ।

हाल अस्पतालका शल्यचिकित्सक डाक्टर श्रीप्रसाद अधिकारीलगायतका चिकित्सकले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया सुरु गरेका छन् । डा. अधिकारीकाअनुसार पहिलोदिन बुधबार तीनवटा ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरिएको छ ।

प्रसूति अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट गरिने शल्यक्रियालाई नियमित बनाएर लैजाने बताए । ‘बिगतमा केही समय सामान्य रुपमा यो सेवा संचालन भएको थियो’, डा.अधिकारीले भने, ‘तर यसले मुर्तरुप पाएको थिएन । अब हामीले नियमित गर्दै लैजाने छौं ।’, हप्तामा दश वटा केस ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरिने लक्ष्य लिएको उनको भनाइ छ ।

पेटमा चिरेर गरिने शल्यक्रिया भन्दा यो धेरै सस्तो र प्रभावकारी मानिन्छ । आवश्यकता बिना निजी अस्पतालहरुले चिरेर गर्ने संख्याक्रियाको संख्या बढाउँदै लगेको समयमा प्रसूति गृहले थालेको यो सेवा गरिबका लागि उपयुक्त छ । निजीमा कम्तिमा ७० हजार रुपैयाँ लाग्ने शल्यक्रिया प्रसूति गृहमा १५ हजारमा गरिने छ ।

अधिकारीले बताएअनुसार ल्याप्रोस्कोपिक सर्जरी गाइनोमा प्रसूति गृह भन्दाबाहिर कमै मात्र हुने गरेकाे अधिकारीहरु बताउँछन् । पाठेघरको ट्युमर, सिस्ट, बच्चा नभएका महिलाहरुको हिस्टोरोस्कोपी, बन्द भएका नासाहरु जोड्ने काम प्रसूति गृहमा ल्याप्रोस्कोपिक विधिमार्फत हुन्छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com