केपी ओली एक्कासी अस्वस्थ, पत्रकार भेटघाट स्थगित


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक्कासी अस्वस्थ भएपछि पत्रकार भेटघाट रोकिएको छ ।

ओलीको सचिवालयकाअनुसार रुघाखोकीसँगै ज्वरो आएपछि उनले पत्रकारसँग छलफल गर्न आयोजना गरेको कार्यक्रम स्थगित गरिएको छ । कोभिड-१९ र रुघाखोकी सिजन भएकाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा निजी निवासमै  आराम गरिरहेका छन् ।

ओली अस्वस्थ भएपछि तीनकुनेस्थित रोयल ब्यांक्वेटमा ओलीले आज पत्रकारसँग छलफल गर्ने भनेर आयोजना गरिएको कार्यक्रम स्थगित भएको उनको सचिवालयले पत्रकारलाई खबर पठाएको हो ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com