स्टार अस्पतालले ल्यायाे ५० बेडको ‘स्टार नुवाकोट’ सञ्चालन


काठमाडौं । ललितपुर सानेपास्थित स्टार अस्पतालले ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ।
उपत्यकाबाहिर बसोबास गर्ने नागरिकलाई विशेषज्ञ सेवा दिने उदेश्यले नुवाकोट सदरमुकाम विदुरस्थित ढुंगे–१ मा अस्पताल सञ्चालन गरिएको हो।
सञ्चालनमा रहेको १५ बेडको नुवाकोट अस्पतालसँग व्यावसायिक साझेदारीपछि ५० बेडमा स्तरोन्नती गरेर स्टार नुवाकोट सञ्चालनमा ल्याइएको हो। स्टार अस्पताल सानेपाका कार्यकारी अध्यक्ष किशोर महर्जजनले बुधबार औपचारिक उद्घाटनगरेसँगै स्टार नुवाकोट औपचारिक सञ्चालनमा आएको हो।

सातामा एक दिन काठमाडौंबाट चिकित्सक गएर विशेषज्ञले  सेवा दिने अस्पतालले जनाएको छ। सिटी स्क्यानसहित अत्याधुनिक उपकरण रहेको अस्पतालमा पेटरोग, छाला रोग, नाक, कान, घाँटी, हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोगलगायत विशेषज्ञ सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ।

अस्पताल स्थापनासँगै नुवाकोटसहित धादिङ र रसुवाका ३ लाखभन्दा बढी जनसंख्याले लाभ लिन सक्ने विश्वास अस्पतालकाे छ ।                                                

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ