कांग्रेस हाँक्न पूर्व स्वास्थ्यमन्त्री र वीपीका पूर्व उपकुलपतिसँगै


काठमाडौं । नेपाली कांग्रेसको १४ औं अधिवेशनमा अनौठो संयोग देखिएको छ । स्वास्थ्य क्षेत्रका स्थापित दुई अनुहार कांग्रेस हाँक्न एक ठाउँमा उभिएपछि नेपाली कांग्रेसमा नयाँ रक्तसञ्चार भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई  स्थापित गराउन भूमिका खेलेका वीपीका पहिलो उपकुलपति डा. शेखर कोइराला र चर्चित पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा एक ठाउँमा उभिएपछि कांग्रेसका नयाँ रक्तसञ्चार भएको हो ।

डा. कोइराला र थापा दुवैजना स्वास्थ्य क्षेत्रमा चर्चित पात्र हुन् । स्वास्थ्य क्षेत्रमा स्थापित कोइराला र थापा एउटै टिमबाट कांग्रेस हाँक्ने ठाउँमा पुग्न खोजेका छन् ।

वीपी प्रतिष्ठानका पूर्व उपकुलपति डा. शेखर कोइरालाले कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका छन् भने उनकै प्यानलबाट पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।  कांग्रेसको १४ औं महाधिवेशनमा धेरै जनाले उम्मेदवारी दिएपनि स्वास्थ्य क्षेत्रमा स्थापित यी दुई हस्तीको उम्मेदवारीले धेरैको ध्यान खिचेको छ । स्वास्थ्य क्षेत्रमा सुधार र परिवर्तनको मानक बनाएका डा. कोइराला र थापाले कांग्रेसको नेतृत्वमा पुगेर स्वास्थ्यमा ल्याएको परिवर्तन पार्टीमा पनि ल्याउने अवसर प्राप्त गर्छन् कि गर्दैनन् त्यो भने हेर्न बाँकी छ । कांग्रेसको १४  औं महाधिवेशनमा डा. कोइराला र थापाको उम्मेदवारीलाई स्वास्थ्य क्षेत्रमा विशेष चासोका साथ हेरिएको छ ।

अर्का पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी भने शेरबहादुर देउवाले अर्को प्यानलबाट सहमहामन्त्रीमा उठेका छन् ।

कांग्रेसको पदाधिकारीमा दाबी गर्नेहरू

#सभापतिमा

१. शेरबहादुर देउबा,

२. डा शेखर कोईराला,

३. प्रकाशमान सिंह,

४. बिमलेन्द्र निधि,

५. कल्याण गुरुङ,

६. युवराज न्यौपाने,

#उपसभापतिमा 

१. विजय गच्छदार,

२. पूर्णबहादुर खड्का,

३. धनराज गुरुङ,

४. चन्द्र भण्डारी,

५. सुजाता कोइराला,

६. महेश आचार्य

७. दिव्यश्वरी शाह,

#महामन्त्रीमा

१ डा. प्रकाशशरण महत,

२ प्रदीप पौडेल,

३ डा. मिनेन्द्र रिजाल,

४. गगन थापा,

५. विश्वप्रकाश शर्मा,

६. डा. राजाराम कार्की,

#सहमहामन्त्रीमा

१. डिना उपाध्याय,

२. भीष्मराज आङ्देम्बे,

३. महेन्द्र यादव,

४. किशोरसिंह राठौर,

५. उमाकान्त चौधरी,

६. फर्मुल्लाह मन्सुर,

७. जीवनबहादुर शाही

८. मानबहादुर विश्वकर्मा,

९. देवराज चालिसे,

१०. कमला पन्त,

११. जीवन परियार,

१२. रामकृष्ण यादव,

१३. शेख वकिल,

१४. बद्री पाण्डे,

१५. विकास लामा,

१६. तेजुलाल चौधरी

१७. गंगा सुनार

१८. रञ्जित कर्ण

१९. सुरेन्द्रप्रसाद चौधरी

२०. चेतराज बराल

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com