पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ देउवा प्यानलको जनजाती कोटामा


काठमाडौं । पूर्व  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ देउवा प्यानलको आदिवासी जनजाती कोटाबाट केन्द्रीय सदस्यमा परेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा प्यानल खडा गरेका सभापतिका उम्मेदवार देउवाले श्रेष्ठलाई जनजाती कोटाको तेस्रो नम्बरमा उम्मेदवार बनाएका हुन् ।

७ जना महिलासहित १५ जना आदिवासी जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य हुन पाउने व्यवस्था छ । त्यही कोटाबाट बहादुर सिंह लामा र चिनकाजी श्रेष्ठलगत्तै पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नाम परेको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com