जोन्सन एण्ड जोन्सनको खोप बेच्ने अख्तियारको नियन्त्रणमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जोन्सन एण्ड जोन्सनको खोप बेच्दै गर्दा अजय कुमार साहसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साहलगायतलाई जोन्सन एण्ड जोन्सनको खोप बेच्दै गर्दा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।
उनकाअनुसार कोभिड-१९विरुद्धको उक्त खोप लगाउँदा सेवाग्राहीसँग २० हजार घुस/रिसवत लिइरहेको अवस्थामा साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा हेल्थ असिस्टेन्ट (विद्यार्थी) कृष्णा कुमार यादवले कोभिड-१९ बिरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाई दिई सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस/रिसवत रकम लिइसकेको अवस्थामा निजहरुलाई जनकपुर उ.म.न.पा.-७ नयाँ-बसपार्क, धनुषावाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’ अख्तियारका प्रवक्ता रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com