जोन्सन एण्ड जोन्सनको २२ लाख डोज खोप आउँदै


काठमाडौं । कोरोनाभाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको २२ लाख डोज खोप नेपाल आउँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतकाअनुसार भोलि र पर्सी गरेर २२ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप नेपाल भित्रिन लागेको हो ।

भोलि ७ लाख १९ हजार ६ सय ५० डोज खोप आउने कार्यतालिका छ । त्यस्तै पर्सी (डिसेम्बर १७)मा १४ लाख ५७ हजार डोज जोन्सन एण्ड जोन्सनको खोप आउने कार्यतालिका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोनाभाइरसविरुद्धको १५ लाख डोज खोप नेपाललाई गत असारमै प्रदान गरेको  थियो। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप अहिले दोस्रोपटक नेपाल भित्रिन लागेको हो ।

जोन्सन एण्ड जोन्सनको खोप कोरोनाभाइरसविरुद्ध प्रभावकारी मानिँदै आएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com