विश्वका ७७ देशमा फैलियो कोरोनाको ओमिक्रोन भेरिएन्ट


काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वका ७७ देशमा फैलियो छ ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन कोरोना भाइरस द्रुत गतिमा फैलिएको जनाएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिनु खतारको संकेत रहेको जनाउँदै यसबाट जोगिन विशेष सतर्कता अपनाउनु पर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

दक्षिण अफ्रिका हुँदै, युरोप, अष्ट्रेलिया, अमेरिका एसियालगायत विश्वका अधिकांश देशमा यो भाइरसको संक्रमण फेला परिसकेको छ । ओमिक्रोनलाई सामान्य रुपमा लिएको बताउँदै यसलाई खेलाँची नठान्न विश्व स्वास्थ्य संगठनको चेतावनी छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com