स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. मिश्रा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगिता कौशल मिश्रालाई दिइएको छ ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखको भूमिकामा रहेकी डा. मिश्रालाई प्रवक्ताको जिम्मेवारीसमेत तोकिएको हो ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा . कृष्ण प्रसाद पौडेलले सम्हालिरहेका थिए ।

स्वास्थ्य समन्वय महाशाखा प्रमुखको भूमिकामा रहेको व्यक्ति प्रवक्ता हुने परम्परा भएपनि यो महाशाखामा रहेकी रिता जोशीले प्रवक्ताको जिम्मेवारी लिन नसकेको भन्दै आलोचना हुँदै आएको थियो । जोशीको पालामा पौडेलले नै प्रवक्ताको भूमिका निर्वाह गरे । अहिले मिश्रा उक्त महाशाखा प्रमुखमा आएपछि प्रवक्ताको भूमिका पाएकी हुन् । यद्यपि मन्त्रालयको वेबसाइटमा भने प्रवक्ताको भूमिकामा पौडेल नै छन् ।

धन्यवाद दिँदै प्रवक्ताको जिम्मेवारीबाट डा. पौडेल बिदा भए

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका डा. पौडेल आफू प्रवक्ताको जिम्मेवारीबाट बिदा भएको जनाएका छन् ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा उनले आज ४ बजेको नेपाल टेलिभिजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ पूरा भएसँँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारीबाट बिदा भएको जानकारी दिए ।  ‘प्रवक्ताको जिम्मेवारीमा रहँदा साथ दिने र सहयोग गर्नुहुने सहप्रवक्ता लगाएत सबैलाई हार्दिक धन्यवाद, इपिडिपमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को जिम्मेवारीबाट सक्दो प्रयास जारी रहनेछ।’ डा. पौडेलले स्वास्थ्य लाइभसँग भने ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com