सहसचिव शैलजाको ठाउँमा मदन भुजेल आए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहसचिव मदन भुजेल सरुवा भएर आएका छन् । सहसचिव शैलजा रेग्मी भट्टराईको ठाउँमा भुजेल आएका हुन् ।

सहसचिव रेग्मीको राष्ट्रिय महिला आयोगमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयमा सहसचिव भुजेलसहित उपसचिव प्रेम महर्जन, भवनाथ खतिवडा र खिमा लङ्गा पनि सरुवा भएर आएका छन् ।

त्यस्तै शाखा अधिकृत अञ्जु पोखरेल, सौगात सम्बाहाम्फे पनि स्वास्थ्य मन्त्रालयमा सरुवा भएर आएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com