यी देशबाट भित्रिने ७ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने


काठमाडौं । सरकारले ६७ देशबाट नेपाल भित्रिनेहरुलाई आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको छ ।

अध्ययागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै  अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, क्यानडा इटालीसहित ६७ मुलुकबाट नेपाल आउँनेलाई आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था लागू गरेको हो ।

एसियाली राष्ट्र कोरिया, थाइल्याण्ड, मलेसिया, माल्दिभ्सलगायतका देशबाट आउनेको हकमा पनि ७ दिन अनिवार्य रुपमा होटल क्वारेन्टाइनको नियम लागू भएको छ । छिमेकी राष्ट्र भारत र चीनबाट नेपाल प्रवेश गर्नेको हकमा भने सरकार मौन छ ।

यी देशबाट आउँदा ७ दिन होटल क्वारेन्टाइन बस्नुपर्छ

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com