बेलायतमा एकैदिन ९३ हजार ओमिक्रोन संक्रमित


काठमाडौं । बेलायतमा एकैदिन ९३ हजार ओमिक्रोन संक्रमित देखिएपछि उच्च सतर्कता अपनाइएको छ ।

डेल्टा भन्दा खतरनाक रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट बेलायतमा स्वास्थ्य संकट देखिएको छ । दिन प्रतिदिन बेलायतमा कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ ।
कोरोनाको ओमिक्रोन भेरिएन्ट संक्रमितले दैनिक नयाँ रेकर्ड राख्न थालेपछि देशव्यापी संकट उत्पन्न भएको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ पछिल्लो २४ घण्टामा मात्र ९३ हजारभन्दा बढी नयाँ ओमिक्रोन संक्रमित फेला परेका छन् । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण बेलायतको स्थिति भयावह हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com