सबैलाई पछाडि छाडेर अघि बढे डा. शशांक


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको खुलातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ ।

खुलातर्फको २९९३ मतगणना हुँदा नेत्ररोग विशेषज्ञ डा. शशांक कोइराला अग्रस्थानमा रहेका छन् । सबै प्रतिस्पर्धीलाई नभेटिने गरी छाडेर उनी धेरै अगाडि बढेका छन् ।

२९९३ मतगणना हुँदा डा. कोइरालाले २४ सय ४२ मत ल्याएर सबैलाई पछाडि छाडेका हुन् । उनलाई पछ्याइरहेका एनपी साउदको १८९६ र बालकृष्ण खाँणको १८५१ मत रहेको छ ।

त्यस्तै उदय शम्शेर राणा १८०८, रमेश लेखक १७८२, शंकर भण्डारी १७७१, रामहरि खतिवडा, १७७०, ज्ञानेन्द्रबहादुर कार्की १७६४, अर्जुननरसिंह केसी, १७१०, जिपछिरिङ लामा,१६७४ र गोपालमान श्रेष्ठको १६४६ मत आएको छ ।

यसमा बढी मत ल्याउने ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुन्छन् ।

यस्तो छ मत परिणाम 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com