११९ विशेषज्ञ चिकित्सकलाई देशभर खटाईयो, पहुँच वाला राजधानी बस्न शक्तिकेन्द्र धाउदै (हेर्नुहोस् कसको कहाँ पोष्टिङ भयो)


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यन्तै गोप्य रुपमा एक सय १९ विशेषज्ञ चिकित्सकलाई देशभरका बिभिन्न अस्पतालहरुमा खटाएको छ । सरकारी लगानी अर्थात छात्रावृत्तिमा विशेषज्ञ अध्ययन सकेका ती चिकित्सकलाई गोप्य रुपमा कामकाजमा खटाउनुले स्वास्थ्य मन्त्रालय माथि गंभिर आशंका उब्जिएको छ ।

खटाएका चिकित्सकहरु कतिपयले सुगम बस्ने भन्दै शक्ति केन्द्र मार्फत दबाब दिन थालेको बुझिएको छ । तर राजनीतिक दबाव दिन लगाउने चिकित्सक र कर्मचारी माथि स्वास्थ्य लाइभले निगरानी बढाएको छ । राज्यको नुन खाएर खटाएको स्थानमा जनताको सेवा गर्न नजाने चिकित्सकहरुको नाम समेत स्वास्थ्य लाइभले सार्वजनीक गर्ने छ ।

विगतमा स्वास्थ्य मन्त्रालयले राजनीतिक दबाब र आर्थिक प्रभावमा कतिपय चिकित्सकलाई दुर्गम नपठाई राजधानी केन्द्र बनाएर खटाउँदै आएको थियो । तर, यस पटक मन्त्रालयले सरकारको लगानीमा अध्ययन गरेका कुनै पनि विशेषज्ञ चिकित्सकलाई राजधानीमा राखेको छैन । नियम अनुसार दुर्गम खटाएका चिकित्सकको सुचि किन गोप्य राखियो यो भने खोजिको बिषय बनेको छ ।

स्वास्थ्य मन्त्रालयले उक्त सुचि बाहिर नदिन कर्मचारीलाई उर्दिनै जारी गरेको थियो । तर, मन्त्रालयले गोप्य भनेको एक सय १९ जना चिकित्सक खटाएको सुची आइतबार नै स्वास्थ्य लाइभले फेला पारेको छ ।

स्वास्थ्य मन्त्रालयका कतिपय अधिकारीहरु पहिला दुर्गम पोष्टिङ गर्ने र पछि आर्थिक लेनदेनमा सुगम तान्न सुची लुकाएको हुनेसक्ने बताउँछन् । पहिला पोष्टिङ् गरेको सुचि बाहिरीएको खण्डमा पछि सुगम तान्दा बिबाद हुने भएकाले कर्मचारीलाई सुचि बाहिर नदिन उर्दि जारी भएको हो ।

स्वास्थ्य लाइभले सुचना लुकाउने कर्मचारी माथि निगरानी बढाएको छ । छात्रावृत्तिमा अध्ययन गरेका चिकित्सकले दुर्गममा गएर दुई वर्ष अनिवार्य सेवा गर्नुपर्छ । तर, सचिव र मन्त्रीले सुगम तानेर ठुलो रकम घोटाला गर्दै आएका उदाहरणहरु पनि विगतका ताजै छन् । यस पटक त्यस्तो नहोस् भन्ने सबैको अपेक्षा छ अधिकारीहरु भन्छन् ।

सबैलाई एउटै नियम लागु हुदा कसैलाई काखा र पाखा गर्नु हुदैन । यदी नियम भन्दा बाहिर गएर खटाएको स्थान परिवर्तन भए स्वास्थ्य लाइभले त्यसको चिरफार गर्ने छ । सुगम ल्याउन दबाव दिने नेता, मन्त्री तथा ल्याउने अधिकारीहरुको नाम समेत स्वास्थ्य लाइभले सार्वजनिक गर्नेछ ।

अधिकारीहरुले बताए अनुसार हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गरेका ३४ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका ८५ जनाको पोष्टिङ भएको छ । तर, दुर्गम पोष्टिङ् भएका कतिपय चिकित्सकलाई सुगममा ल्याउन चलखेल समेत सुरु भएको बुझिएको छ ।

उक्त चलखेल रोख्न सबै चिकित्सकले कसको कहाँ पोष्टिङ भएको छ, जानकारी राख्न आवश्यक छ । मन्त्रालय स्रोतका अनुसार रामेछाप, संखुवासभा, डडेल्धुरा लगायतका जिल्लाहरुमा खटाएका थुप्रै चिकित्सकले चिठी बुझ्न मानेका छैनन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com