स्वास्थ्य लाइभ फलोअप

भूमाफिया इन्द्र चाम्लिङले सार्वजनिक जग्गा हडपेको ‘सिडिओ’ कार्यालयको ठहर


काठमाडौं । भूमाफिया इन्द्र चाम्लिङले सार्वजनिक जग्गा हडपेको ‘सिडिओ’ कार्यालयले ठहर गरेको फेला परेको छ ।

काठमाडौंको अनामनगरको पारी देवीनगरको सार्वजनिक जग्गा भूमाफिया चाम्लिङले हडपेको जिल्ला प्रशासन (सिडिओ) कार्यालय, काठमाडौंको ठहर गरेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० मा स्वास्थ्य संरचना बनाउन जग्गा नपाएको अवस्थामा भूमाफिया चाम्लिङले सार्वजनिक जग्गा हडपेका छन् ।

स्वास्थ्य लाइभको फलोअपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि चाम्लिङले सार्वजनिक जग्गा हडपेको प्रतिवेदन फेला परेको छ । उक्त प्रतिवेदनअनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर ११४६-०२ को कित्ता नम्बर ५४९ लगायतका धोबीखोला करिडोर अन्तर्गतको सार्वजनिक जग्गा इन्द्र चाम्लिङले अतिक्रमण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भूमाफिया चाम्लिङले सार्वजनिक जग्गा अतिक्रमण गरेको ठहर गरेपनि त्यहाँ बनेको संरचना नहटाई प्रतिवेदन गुपचुपमै राखेको देखिन्छ ।

भूमाफिया चाम्लिङको सार्वजनिक जग्गा अतिक्रमण र भाडा खाने ठगी धन्दामाथि स्वास्थ्य लाइभले निरन्तर फलोअप गरिरहेको छ । उनले २ रोपनी भन्दा बढी सार्वजनिक जग्गा कब्जा गरेर १० वटा संरचना बनाई भाडा खाइरहेका छन् । यो कानुन अनुसार ठगीको अपराध हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com