मणिपाल हत्याउने बतास समूहको नारायणहिटीमा छिर्के दाउ


काठमाडौं । पोखरास्थित मणिपाल मेडिकल कलेजमा जबर्जस्ती छिरेको व्यापारी समूहमा नारायणहिटी दरबार संग्रहालयमा विवादित बनेको छ । सरकारलाई चुनौती दिँदै मणिपाल किन्ने यो समूह नारायणहिटीमा क्याफटेरिया (कफीसप) खोलेर व्यापारिक केन्द्र बनाउने तयारीमा उत्रिएपछि विवादमा आएको हो ।

मणिपाल किन्दा कानुनी प्रक्रिया नमानेको बतास समूहले नारायणहिटीमा संरचना बनाउँदा पनि यस्तै तरिकाले छिर्के दाउमा लाग्यो ।  पर्यटनमन्त्री प्रेम आलेले भने जस्तै नारायणहिटीमा बतास समूह व्याक गेयरमा पुगेको छ ।

नारायणहिटीमा यसरी चल्यो बतास !

सरकारी जग्गा यती समूहलाई कौडीको मूल्यमा दिन सफल भएको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक संरचनामा व्यापार गर्न अर्को बतास समूहलाई सुम्पन काम गरेको थियो । पशुपति धर्मशाला बतास समूहलाई सुम्पिने कुराले पनि यसको पुष्टि हुन्छ ।

ओली सरकारका पालामा संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यती समूहको रजगज चल्दै आएको थियो । यतीसँगै ओली सरकारको पालामा अर्को बतास समूहले उदायो । बतास समूहको चलखेलमा नारायणहिटीलगायतका ऐतिहासिक स्थानमा व्यापारिक थलो बन्यो  ।
पशुपतिको धर्मशालामा व्यापारिक प्रयोजनका लागि लिजमा लिन सफल बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा समेत व्यापार गर्ने गुरुयोजना घुसायो ।
पाटन दरबार संग्रहालयको भाडामा लिएर व्यापार गर्न सफल बतास समूहले त्यही मोडलमा नारायणहिटीमा व्यापार गर्न खोजेको देखिन्छ । पहुँचका आधारमा ऐतिहासिक गहना पोखरीसँग जोडिएको सम्पत्ति हडप्न सफल बतास समूहले पशुपतिको धर्मशाला, पाटन दरबार क्षेत्र हुँदै नारायणहिटी दरबारसम्म आफ्नो साम्राज्य खडा गरेको हो ।
तत्कालीन् संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वः रबीन्द्र अधिकारीसँगको मिलेमतोमो छिमेकी मित्रराष्ट्र भारतले धार्मिक र सामाजिक प्रयोजनका लागि अनुदानमा निर्माण गरिदिएको पशुपतिस्थित धर्मशाला व्यापारिक प्रयोजनका लागि हत्याउन सफल बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्न भाडा लिन सफल भएको हो ।

बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नका लागि योजनाबद्ध ढंगले योजना तयार गरिएको र त्यही अनुसार टेन्डर प्रक्रिया अघि बढाइयो ।
नारायणहिटीभित्र कफीसप सञ्चालनका लागि बतास समूहसँग सम्झौता भएपनि ओली सरकारले गोप्य राख्यो । रबीन्द्र अधिकारी कै समयमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेगरी चलखेल सुरु भएको थियो । त्यसबेला नारायणहिटीमा कफी शप खोल्ने विषयमा मन्त्रालयभित्रै तीब्र मतभेद भएको थियो । त्यहीबीचमा उनको ताप्लेजुङको पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि त्यो काम अघि बढ्न सकेको थिएन । त्यसपछि पर्यटनमन्त्रीको रुपमा यागेश भट्टराई आएपछि पहिलाको मन्त्रीले गर्न खाजेको गलत काम सच्चिन्छ भन्ने आशा  पर्यटन मन्त्रालयका अधिकारीहरुले गरेका थिए । तर मन्त्री भट्टराईले त कफी शप खोल्न टेन्डर नै निकाल्ने बाटो खुला गरिदिए र सम्झौता गर्न लगाएको मन्त्रालयका ती अधिकारीहरु स्वास्थ्य लाइभलाई सुनाउँछन् । मन्त्री भट्टराई र बतास समूहका आनन्दराज बतासको मिलेमतोमा शेषनारायण दाहाललाई विकास समितिमा लगेर नारायणहटी दरबार संग्रहालय गुरु योजना बनाउने नाममा व्यापार गर्ने बाटो खोलिएको हो ।

बतास समूहसँगको मिलेमतोमा नै ठेक्का हालेकाले उसैसँग सम्झौता गर्नुपर्ने अवस्था आएको नारायणहिटी दरबार संग्रहालयका अधिकारीहरु  बताउँछन् ।
बतास समूह मातहतको बिपिएस लिजिङ तथा म्यानेजमेन्टसँग प्रालिनारायणहिटी दरबार संग्रहालयभित्र कफीसप सञ्चालन गर्ने कार्यका लागि सम्झौता गरिएको हो ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले कफीसप सञ्चालन गर्न लागि  बिपिएस लिजिङ तथा म्यानेजमेन्ट प्रालिसँग सम्झौता गरेका थिए ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारकमा क्याफ्टेरिया (चिया तथा कफीसप) सञ्चालनका लागि हामीले सम्पूर्ण ठेक्का प्रक्रिया पूरा गरेर सम्झौता गरिएको भन्दै दाहाल पन्छिए ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com