मद्रास फर्माले नेपालमा डेढ दर्जनलाई रोजगारी दिँदै


काठमाडौं ।  भारतीय औषधि उत्पादन कम्पनी द मद्रास फर्माले करिब डेढ दर्जनलाई नेपालमा रोजगारी दिने भएको छ ।

मद्रासको नेपालस्थित औषधि आयात कम्पनी शारदा मेडकेयर ट्रेडर्स प्रालिले त्यसको व्यवस्थापन गर्ने जानकारी दिएको छ  ।मद्रासले फार्मेसिष्ट, बजार प्रतिनिधि, एचआर म्यानेजर, एकाउन्टेण्ट, सुरक्षा गार्डदेखि कार्यालय सहयोगीसम्म राख्न विज्ञापन खुलाउने तयारी गरेको छ ।

शारदा मेडकेयर ट्रेडर्स प्रालिका लेखा तथा प्रशासन प्रमुख शिखर थापाकाअनुसार फार्मेसिष्ट १ जना, मार्केट प्रतिनिधि (एमआर) काठमाडौंका लागि ४ जना, पोखराका लागि १ जना, जनकपुरका लागि १ जना र धनगढीका लागि १ जना राख्ने तयारी गरेको छ । त्यस्तै मानव संशाधन (एचआर म्यानेजर) १ जना, एकाउन्टेण्ट काठमाडौंमा १ र नेपालगञ्जमा १ गरी दुई जना, डेलीभरी ब्वाई १ जना, सुरक्षा गार्ड १ जना र कार्यालय सहयोगी १ राख्ने गरी विज्ञापन खुलाउने कम्पनीको तयारी छ ।

कम्पनीले जागिर खान आउने योग्य उम्मेदवारलाई सिभी, प्यान नम्बरको प्रमाणपत्र र नागरिकता अनिवार्य रुपमा ल्याउनु पर्ने सर्त अघि सारेको छ । शारदा ट्रेडर्सका प्रशासन प्रमुख थापाले  केही दिनभित्रै रोजगारीका लागि विज्ञापन खुलाउने तयारी भइरहेको स्वास्थ्य लाइभलाई जानकारी दिए । इमेल sharadahcl@gmail.com मार्फत र  014423521 मा फोन गरेर थप जानकारी लिन सकिने उनको भनाइ छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार
ट्याग : ##madras pharma, ##sharada traders, ##Shikhar Thapa, ##vaccency

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com