स्वास्थ्यको एघारौँ तहमा डा. बुढाथोकीको नाम सिफारिस


काठमाडौं । स्वास्थ्य सेवाको एघारौँ तह(सहसचिवमा) बढुवाका लागि डा. प्रकाश बुढाथोकीको नाम सिफारिस भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले डा. बुढाथोकीलाई प्रमुख कन्सलटेण्ट डेण्टल सर्जनमा बढुवाको लागि सिफारिस गरेको हो ।

कार्यक्षमता मूल्यांकन प्रक्रियाद्वारा स्वास्थ्य सेवाको डेन्टिष्ट्री/ जनरल डेन्टलको प्रमुख कन्सल्टेण्ट डेण्टल सर्जनमा डा. बुढाथोकीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

त्यस्तै प्रमुख कन्सल्टेण्ट रेडियोथेरापीमा डा. विवेक  आचार्यलाई बढुवाका लागि सिफारिस गरिएको छ । स्वास्थ्य सेवाको एघारौँ तहको उक्त पदमा डा. आचार्यलाई कार्यक्षमता मूल्यांकन प्रक्रियाद्वारा बढुवाका लागि सिफारिस गरिएको हो ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : ##Dr Bibek Acharya, ##Dr Prakash Budhathoki, ##Health ministri, ##Notic, ##promotion

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com