मास्क नलगाई योगेश भट्टराई कोरोनाबारे ध्यानाकर्षण गराउन बालुवाटार पुगेपछि…


काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण गराउन नेकपा एमालेको टोली शनिबार बिहानै प्रधानमन्त्री शेरबाहदुर देउवालाई भेट्न बालुवाटार पुग्यो । टोलीको नेतृत्व एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले गरेका थिए भने साथमा सचिव योगेश भट्टराईलगायत रहेका छन् ।

नेम्वाङ नेतृत्वको एमाले टोलीले प्रधानमन्त्रीलाई कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन, खोप कार्यक्रमलाई प्रभावकारी गर्न र उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गरायो । एमालेको ध्यानाकर्षणपछि प्रधानमन्त्री देउवाले तेरो मेरो पार्टी नभनी कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सबै एकजुट भएर लाग्नुपर्ने जवाफ फर्काए । कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गर्न प्रधानमन्त्री देउवाले एमाले प्रतिनिधिमार्फत सबैमा आग्रह गरे ।

पार्टीको सन्देश बोकेर गएको नेम्वाङ, भट्टराई टोलीसँग मास्क, स्यानिटाइजर, भौतिक दूरी जस्ता स्वास्थ्यको मापदण्डमा प्रधानमन्त्री देउवाले जोड दिएपनि एमाले सचिव भट्टराई भने मास्क नै नलगाई  प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाएर  फर्किएका छन् ।

भट्टराईले मास्क नलगाएको विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन जाँदा मास्क नलगाएको भन्दै उनको फोटो हालेर आलोचना समेत गरिएको छ । फोटोका प्रधानमन्त्री देउवा र एमाले उपाध्यक्ष नेम्वाङले मास्क लगाएको र भट्टराईले मास्क नलगाएको देखिन्छ ।

क्याटेगोरी : जीवनशैली, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com