डान्स बार र दोहोरीजस्ता रात्रिकालीन व्यवसाय बन्द


काठमाडौं । सरकारले डान्स बार र दोहोरीजस्ता रात्रिकालीन व्यवसाय बन्द गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको हो ।

रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेशमा उल्लेख छ । बैठकको निर्णय अनुसार राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द हुनेछन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको जानकारी दिए । राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने उनको भनाइ छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com