पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना(कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्री आलेको सचिवालयले उनलाई कोरोना संक्रमण भएको जनाएको छ ।

पर्यटनमन्त्री आले बतास समूहले हत्याएको पशपुति धर्मशालादेखि नारायणहिटी दरबार संग्रहालयसम्म स्थलगत अनुगमनमा गएका थिए । उनी मिडियामा नियमित अन्तर्वार्ता दिँदै हिँड्नुका साथै भेटघाटमा पनि उत्तिकै सक्रिय देखिन्छन् ।

भीडभाडमा संलग्न भएकाले मन्त्री आलेलाई कोभिड भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । उनको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

पशुपति धर्मशालाको विषयमा गठित छानविन समितिले आज रिपोर्ट बुझाउने भनेको थियो । मन्त्री आलेलाई छानविन समितिले रिपोर्ट बुझाउने दिन नै कोरोनाको संक्रमण पुष्टि भएको हो ।

क्याटेगोरी : जीवनशैली, प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com