शुक्रराज अस्पतालले आफ्नाे जग्गामा सेवा दिँदा स्वास्थ्य सेवा विभागकाे हस्तक्षेप


काठमाडौं । स्वास्थ्य सेवा विभाग टेकुकाे आफ्नाे नाममा जग्गा छैन । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुकाे आफ्नाे जग्गामा विभाग बसेकाे छ । तर, अस्पतालले महामारीको समयमा समेत आफ्नाे जग्गा प्रयाेग गर्न पाएकाे छैन । निकै बाैद्धिक मानिएका र नियमकाे कुरा गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक नै टेकुलाई आफ्नाे जग्गा प्रयाेग गर्नबाट राेक्न अग्रसर देखिएका छन् ।

सरकारले काेराेना महामारीमा टेकु अस्पताललाई खाेप लगाउने केन्द्र ताेकेकाे छ । विभागले अधिकांश  जग्गा कब्जा गरेकाले अस्पतालकाे ‘एरिया’ साँधुराे छ । त्यहिपनि अस्पतालले नियमित पिसिआर जाँच, काेराेना खाेप, बिरामीको उपचार जारी राखेकाे छ ।

नागरिकलाई सहज हाेस भनेर आफ्नै जग्गा उपयाेग गर्न अस्पतालले खाेप लगाउनेकाे लाइन विभागतर्फ तन्काएकाे थियाे । तर, विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले विभागभित्र छिराएकाे भन्दै कर्मचारीप्रति आक्राेस व्यक्त गरेका छन् । उनले बुधबार नै लाइन हटाउन अनुराेध गरेमा थिए । तर अस्पतालले आफ्नाे जग्गा भएकाले प्रयाेग गर्ने पूर्ण अधिकार रहेकाे भन्दै सेवा दिइरहेको थियाे । बिहीबार बिहान भने विभागले गेटमै चाबी लगाएकाे छ । अमानवीय कार्य गर्ने विभाग र निर्देशन दिने कर्मचारीप्रति अलिकति पनि नैतिकता भए स्वास्थ्य मन्त्रालयले कारबाही गर्नु पर्छ ।

देशको एकमात्रै सरुवा रोग अस्पताल टेकुको जग्गा कति हो, सबैमा चासोको विषय बनेको छ । स्वास्थ्य लाइभले खाेजी गर्दा अधिकांश जग्गा विभागले कब्जा गरेकाे पाइएको छ । तर, विभागलाई यस बारे कतिपनि लाज छैन ।

नापी बिभागबाट प्राप्त नक्सामा टेकु अस्पतालको जग्गाभित्र स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बसेको पाइएकाे छ । तर अस्पतालकाे जग्गामा विभागकाे दादागिरी चलिरहेको छ । जसकाे पछिल्लाे उदाहरण खाेप हेरेरमात्र पुग्छ ।

स्वास्थ्य लाइभलाई प्राप्त विवरणअनुसार शुक्रराज अस्पतालको नाममा ७० रोपनी १ आना जग्गा देखिएको छ । तर, १६ रोपनी २ आनामा मात्र अहिलेको अस्पताल सञ्चालनमा रहेको देखिन्छ ।

हाल सञ्चालनमा रहेको जग्गामा थप १० रोपनी जग्गा उत्तर दिशामा सञ्चालित आर्थिक प्रशासन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भवनहरु रहेको र स्वास्थ्य सेवा विभागको प्रस्तावित हेल्थ प्लाजा भवन निर्माण भए पश्चात पश्चिम दिशामा संचालित स्वास्थ्य सेवा विभागको महानिर्देशकको कार्यालय रहेको भवन प्रयाेगमा छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##Covid 19, ##edcd, ##NPHL, ##taku hospital

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com