लागुऔषध खोज्न गएका प्रहरी मोबाइल चोरेर हिँडेपछि…


कठमाडौं । कैलालीको धनगढीमा लागुऔषध खोज्न गएका प्रहरी मोबाईल चोरेर हिँडेको भिडिओ भाइरल बनेको छ ।

कैलालीको धनगढीमा सुवास रावलले सञ्चालन मोबाईल पसलमा लागूऔषध रहेको सूचनाका आधारमा छापा हान्न गएका प्रहरीले नै मोबाईल चोरिरहेको भिडियो भाइरल बनेको हो ।

ग्लोवल मोबाईल ग्यालरीमा छापा पार्न गएका प्रहरीले मोबाईल  दुई वटा मोबाईल चोरेर हिँडेपछि छानबिन प्रक्रिया अघि बढेको छ ।

धनगढी प्रहरीकाअनुसार बुधबार साँझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔषधका बिषयमा छापा हान्न पुगेको थियो । तर प्रहरीले मोबाईल पसलको खानतलासी लिनेक्रममा लागुऔषध नभई मोबाईल लिएर हिँडेको सिसिटिभी फुटेजबाट खुल्न आएको छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com