वीरेन्द्र सैनिक अस्पतालमा एकैदिन ९ जना काेराेना संक्रमितकाे मृत्यु


काठमाडौं । काेराेनाकाे तेस्रो लहर सुरु मात्रै भएकाे छैन एक्टिभ संक्रमितकाे संख्या २० दिनमा बढेर ६५ हजारमाथि पुगेकाे छ । तर, सघन उपचार कक्ष आइसियु र भेन्टिलेटरमा पुग्नेहरु बढेका छैनन् ।

उता सरकारी तथ्यांकले मृत्युभएकाे संख्या पनि बढेकाे देखाएकाे छैन । दैनिक ३ देखि ४ जनाकाे मृत्यु भइरहेको छ ।अधिकारीहरुले बताए अनुसार अहिले मृत्युको संख्या सरकारले लुकाएकाे छ । ओमिक्रोन बढेसंगै मृत्यु बढेकाे अनुमान विज्ञहरुले गरेका छन् ।

शुक्रबार २४ घण्टाकाे अबधिमा ९ जना संक्रमितकाे मृत्यु भएकाे बुझिएकाे छ । नेपाली सेना अस्पतालमा कार्यरत एक चिकित्सकले स्वास्थ्य लाइभसँग ९ जनाकाे मृत्यु भएकाे बताए । उनीहरु सबै बृद्धबृद्धा र दीर्घराेगी हुन् । मृत्युपछि परीक्षण गर्दा काेराेना पुष्टि भएकाे चिकित्सकले भनाइ छ ।

उता पर्सामा पनि ओमिक्रोनले एक जनाकाे मृत्यु भएकाे खबर आएकाे छ । यी तथ्यांक सरकारी सिस्टममा समावेश भए/नभएकाेबारे जानकारी छैन ।

ओमिक्रोनबारे क्यानडामा एउटा अध्ययन गरिएको थियो । उक्त अध्ययनले १४ हजार डेल्टाबाट संक्रमित हुँदा १७ जनाको मृत्यु भएको थियो भने, ११ हजार ६ सय २२ जना ओमिक्रोन संक्रमित हुदा ३ जनाको मृत्यु भएको  देखाएको थियो । ‘यो अध्ययन नेपालमा पनि मिल्दोजुल्दो देखिएको छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेल भन्छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##army hospital, ##Covid 19, ##MOHP, ##roshan pokharel

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com