स्वास्थ्य मन्त्रालयले ८८ हजार ट्याब्लेट प्यारासिटामोल अस्पतालमा पठायो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालहरुलाई ८८ हजार ट्याब्लेट  प्यारासिटामोल पठाएको छ ।

सिटामोल अभाव भएको गुनासो व्यापक आउन थालेपछि मन्त्रालयले उपत्यका १६ अस्पतालमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट पठाएको  हो ।

स्वास्थ्य मन्त्रालयबाट प्राप्त विवरणमा त्रिवि शिक्षण अस्पतालसहित पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र विर अस्पताललाई १०/१० हजार ट्याब्लेट प्यारासिटामोल पठाएको छ। त्यस्तै सशस्त्र प्रहरी बलको अस्पताल, बलम्बु र राष्ट्रिय ट्रमा सेन्टरलाई ६/६ हजार ट्याब्लेट पठाएको हो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, सिभिल अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र आर्मी अस्पताल र भक्तपुर अस्पताललाई ५/५ हजार ट्याब्लेटका दरले प्यारासिटामोल वितरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय आयुर्वेद तालिम तथा अनुसन्धान केन्द्रमा ३ हजार ट्याब्लेट, शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र आयुर्वेद अस्पताल नरदेवीमा २/२ हजारका दरले प्यारासिटामोल ५०० एमजी ट्याब्लेट वितरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

क्याटेगोरी : प्रदेश, विविध, समाचार
ट्याग : ## ट्याब्लेट, ## प्यारासिटामोल, ## वीर अस्पताल, ## सिभिल अस्पताल, ##५०० एमजी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com