डान्सबार, दोहोरीजस्ता रात्रिकालीन व्यवसाय  माघ मसान्तसम्म बन्द !

स्कूल, कलेज, ट्युसन सेन्टरलगायत पनि माघ मसान्तसम्म बन्द गर्न सिफारिस


काठमाडौं । डान्सबार, दोहोरीजस्ता रात्रिकालीन व्यवसाय  माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित कोरोना महामारीको तेस्रो लहर कायम रहेकाको भन्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसीसी)ले डान्सबार, दोहोरीजस्ता रात्रिकालीन व्यवसाय  माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले  जारी गरेको आदेशमा  माघ १५ सम्म राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द हुने उल्लेख थियो । सीसीएमसीसीले गरेको सिफारिसमा उक्त समय माघ मसान्तसम्म थप्न प्रस्ताव गरेको छ ।

सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालकाअनुसार कोरोना संक्रमण कायमै रहेकाले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ।

स्कूल, कलेज, ट्युसन सेन्टरलगायतमा पनि माघ मसान्तसम्म नै बन्द गर्न सिफारिस भएको उनले स्वास्थ्य लाइभलाई जानकारी दिइन् । सीसीएमसीसीको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले थप निर्णय लिएपछि यो विषयमा नयाँ आदेश जारी हुनेछ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com