न्यू योर्कमा उपचारको शिलशिलामा डाक्टरलाई गाँजा सिफारिस गर्न अनुमति


काठमाडौं । अमेरिकाकाे न्यू योर्कमा उपचारको शिलशिलामा डाक्टरलाई गाँजा सिफारिस गर्न अनुमति प्रदान गरिएको छ ।

अमेरिकाका राज्यहरुमा गाँजालाई औषधि प्रयोजनका लागि खुला गर्दै लगिएको छ । न्यू योर्कमा उपचारका क्रममा चिकित्सकलाई गाँजा सिफारिस गर्न अनुमति दिनुले गाँजा प्रयोगमा अमेरिका उद्धार हुँदै गएको देखिन्छ ।

अमेरिकी सञ्चार माध्यमकाअनुसार न्यू योर्कका डाक्टरहरूले अब राज्यको मेडिकल मारिजुआना कार्यक्रमको प्रमुख नयाँ विस्तार अन्तर्गत आफूलाई उपयुक्त देख्ने कुनै पनि अवस्थाको उपचार गर्न गाँजाको सिफारिस गर्न सक्ने भएका छन्।

क्यानाबिस व्यवस्थापनको कार्यालय (OCM) ले राज्यको मेडिकल गाँजा कार्यक्रम प्रमाणीकरण र दर्ता प्रणालीलाई पूर्ण रूपमा पहुँचमा अवरोधहरू हटाएर परिमार्जन गरिदिएको छ ।

विशेष गरी, नयाँ नियमहरूले गाँजाबाट हुने उपचारका योग्यता सर्तहरूको अघिल्लो प्रणालीलाई हटाउँछ, जसले एक दर्जन वा सोभन्दा बढी रोगहरूबाट पीडित व्यक्तिहरूलाई मात्र कार्यक्रममा दर्ता गर्न अनुमति दिने गरेको थियो । नयाँ नियमहरूले चिकित्सकहरूलाई सिफारिस गर्न दिनेछ जसमा “कुनै पनि अवस्थामा जसमा चिकित्सकीय गाँजाबाट उपचार गर्न सकिन्छ भन्ने विश्वास गर्छन्।”

अमेरिकाका न्यू योर्कमा उपचारको क्रममा गाँजा सिफारिस गर्न चिकित्सकलाई अनुमति दिने भएसँगै नेपालका गाँजा अभियान्ताहरू निकै उत्साहित बनेका छन् । गाँजालाई औषधि प्रयोजनका लागि खुला गर्नुपर्छ भन्ने पक्षमा वकालत गर्दै आएका नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय यो कुराले निकै उत्साहित भएका हुन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##औषधि, ##गाँजा, ##डाक्टर, #न्यू योर्क, #भीम उपाध्याय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com