भक्तपुर नगरपालिकाद्वारा कोभिड संक्रमितलाई स्वास्थ्य परामर्श


काठमाडौं । भक्तपुर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड-१९ संक्रमितलाई  स्वास्थ्य परामर्श दिन थालेको छ ।

नगरपालिकाले कोभिड-१९ संक्रमितलाई स्वास्थ्य परामर्श प्रदान गर्न डा. अमर प्रजापति र डा. विभेद न्यौपानेलाई खटाएको छ ।

नगरपालिकाले निकालेको स्वास्थ्य परामर्श सम्बन्धी सूचनामा विश्वव्यापी महामारीको रुपमा नयाँ भेरियन्ट अमिक्रोनसहित फैलिरहेको कोभिड-१९ रोगको संक्रमण तीव्र रुपमा बढिरहेको वर्तमान विषम परिस्थितिमा उक्त रोगबाट संक्रमित भई यसको रोकथाम र नियन्त्रणको लागि घरमै एकातवास( आइसोलेसन) मा बस्नुभएका बिरामीहरुलाई कुनै स्वास्थ्य समस्या भएमा आवश्यक स्वास्थ्य परामर्शका लागि चिकित्सकद्वय प्रजापति र न्यौपानेलाई सम्पर्क गर्न भनेको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## कोभिड-१९ संक्रमित, #डा. अमर प्रजापति, #डा. विभेद न्यौपाने, #भक्तपुर नगरपालिका, #स्वास्थ्य सम्बन्धी परामर्श

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com