‘सनब्लक लिनुहोस्, भ्यालेन्टाइन्समा उपहारसँग उनको मुस्कान बन्नुहोस्’


काठमाडौं । ट्रु डर्माले प्रणय दिवस (भ्यालेन्टाइन्स डे) का अवसरमा प्रेम जोडिका लागि लक्षित गरेर बहु–उत्पादन उपहार सेट तयार पारेको छ ।

१४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे को दिनलाई मध्यनजर गर्दै ट्रु डर्मा(Truederma)ले प्रेमिकाको हेरचाहका रुपमा दिभिन्न उपहार सेट तयार पारेको हो । ट्रु डर्माले विशेष छुटमा उपहारका वस्तु दिएको जनाएको छ ।

‘कम्पनीले भनेको छ, ‘ट्रुडर्मा उपहार सेट किन्नुहोस् र प्रेमि प्रेमिकालाई आफ्नो हेरचाहबारे देखाउन जो कोहीले फूलहरू किन्न सक्छन्, तर हाम्रो उपहार भनेको तिनीहरूले वास्तवमा प्रयोग गर्नेछन ।’

ट्रु डर्माद्वारा सेट गरिएको बहु-उत्पादन उपहार प्रेमि प्रमिकाको मुस्कान बन्नसकोस भनेर यो अफर ल्याइएको कम्पनीले जनाएको छ । पौष्टिक अनुहार धुने, घामबाट जोगाउन सनब्लक, घनिष्ट स्वच्छता धुने र फूल र चकलेटहरू समेत सेटमा पाइनेछ ।

कम्पनीले भनेको छ, ‘यो उपहार सेटमा तपाइँले त्यो विशेष व्यक्तिलाई माया र प्यारो महसुस गर्न आवश्यक पर्ने सबै कुराहरू समावेश गरिएको छ । ट्रु डर्मा विशेष दिनलाई मध्यनजर गर्दै ६ हजारका वस्तु ५ हजारमा र ३ हजारका वस्तु २५ सयलमा दिएको छ ।

खासगरी युवायुवतीहरुले एकअर्काबीचको अव्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा भ्यालेन्टाइन्स डेलाई लिने गरेको पाइन्छ ।

क्याथोलिक र रोमन समुदायका नागरिकले उक्त दिनलाई विशेष मायाको पर्वको रुपमा मनाउने गरेको भए पनि बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रेम दिवस विश्वभरमा नै मनाउन थालिएको छ ।

भ्यालेन्टाइन्स डेसम्बन्धी एउटा मान्यताका अनुसार हजारौं वर्षअघि रोमका राजा क्लाउडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन भन्ने उर्दी जारी गरेका थिए ।

सैनिकहरु विवाह बन्धनमा बाँधिएको खण्डमा युद्ध सफल नहुने धारणा राख्ने राजाको आदेशविरुद्व भ्यालेन्टाइन नामका पादरीले धरैको विवाह गराएका थिए । आफ्नो आदेशकोविरुद्धमा सैनिकहरुको विवाह गराएको भन्दै १४ फेब्रुअरीमा पादरीलाई फाँसी दिएको र सोही दिन पादरीले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएको सम्झनामा भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाइरहेका छन् । प्रेम दिवसको अवसर पारेर विभिन्न पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु रमाउँछन् भने विशेष गरी रातो गुलाबको फूल दिने चलन पनि रहेको छ । तर, पछिल्लो सयम फुल अ‍ैलिएर जाने, झर्ने भएकाले त्यसको विकल्पमा उपहारहरु दिने चलन बढ्न थालेको छ ।

क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #14 February, #https://truedermasa.com/, #Valentine's Day, #गुलाबको फूल, #ट्रु डर्मा, #प्रणय दिवस, #प्रेमि प्रेमिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com