राज्य ‘बेसुर’ हुँदा फेसबुकभरि सल्बलाएका पीसीआर ल्याब, व्यक्तिको ‘इच्छा’अनुसारको रिपोर्ट


काठमाडौं । अहिले नेपाल देश मात्रै हैन, सारा विश्व कोरोना भाइरसका नयाँ-नयाँ भेरिएन्टसँग लडाई गरिरहेको छ । यो लडाई देखिने शत्रुसँत होइन, नदेखिने शत्रुसँग को हो । अधिकारीहरु भन्छन्, ‘अहिलेको यो कोरोना भाइरसको लडाई वर्षौ अगाडि दुईवटा विश्व युद्ध लडिसकेकोभन्दा पनि सकस पूर्ण देखिएको छ । जुन सहज नियन्त्रणमा छैन । नियन्त्रण गर्ने निकायको पनि खाँचो देखिएको छ ।

संसारका सबै जसो देशमा यो भाइरस फैलिइसकेको छ । कोरोना भाइरसबाट हरेक दिन नेपाल उच्च जोखिममा परेको छ । नेपालमा हालसम्म कुल ९ लाख ५७ हजार ७० जना संक्रमित भइसकेका छन् । निको हुनेहरुको संख्या पनि ८ लाख ७१ हजार १६५ पुगेको छ । यस बिचमा ११ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ ।

कोरोनाको उद्गमस्थल चीनमा यसको प्रकोप रोकिएको छ भने अन्यत्र थामिनसक्नु गरी फैलँदो छ । वास्तवमा हिजो चीनले वुहानमा गरेको लकडाउनको उपाय नै यसको नियन्त्रणमा सफलदायी हुनसक्ने देखिएको छ । तर, नेपालका निजी प्रयोगशालहरुले पैसाका लागि परीक्षण बिना नेगेटिभ रिपोर्ट दिने, पोजेटिभ भएको व्यक्तिलाई नेगेटिभ दिने गरेका कारण त्यस्ता व्यक्तिले समाजमा कति संक्रमण फैलाएका छन् कुनै हिसाब छैन । यस्तो ल्याब र व्यक्तिले महामारीको संक्रमण कहाँ कति पुर्‍याए भन्नेबारेमा चिन्ताको विषय हो ।

देशभर सरकारले कोरोना परिक्षण गर्न उपयुक्त भन्दै निजी र सरकारी गरी १०४ वटालाई वैधानिकता दिएको छ । जसमा निजी क्षेत्रबाट चलेका ४५ वटा छन् । अनुमति दिएको सरकारले ती ल्याब कसरी चलेका छन् । कस्तो सेवा दिइरहेका छन् भनेर जान्ने कोसिससम्म पनि गर्दैन ।

अनुमति दिएर राज्य बेसुर हुन मिल्दै मिल्दैन तर, अहिले निजी प्रयोगशालालाई राज्यले अनुमति दिएर अनुगमन गर्ने बेलामा निदाएको छ ।

यसरी नियमनकारी निकाय ‘बेसुर’ हुदा आफुखुसी खुलेका पीसीआर ल्याब फेसबुकभरि सल्बलाउन थालेका छन् । यस्ता ल्याबले कयौं नेपालीहरुलाई ठगिरहेका छन् ।

व्यक्तिको इच्छाअनुसारका रिपोर्ट यस्तो फेसबुकधारी ल्याबले दिइरहेका छन् । मुख्य गरी विदेश जाने यात्रुहरुलाई पोजेटिभ भएपनि नेगेटिभ रिपोर्ट चाहिने निजी ल्याबहरुले पीसीआर रिपोर्ट सामाजिक अपराध गरिरहेका छन् ।

मंगलबार मात्रै पोजेटिभ व्यक्तिलाई नेगेटिभ रिपोर्ट दिएको भन्दै प्रहरीको अपराध महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले नागरिक अस्पताल र कान्तिपुर ल्याबमा छापा मारेको थियो । ल्याब सञ्चालक र बिचौलियालाई नक्कली  पीसीआर रिपोर्ट बनाएको अभियोगमा प्रहरीले पक्राउ समेत गरेको छ ।

कोरोना भाइरसको तेस्रो छाल सुरु भएको ३० दिन नपुग्दै फेसबुकभरि पीसीआर परीक्षणका विज्ञापनसहितका ल्याबहरु देखिन थालेका छन् ।

अनुमति नै नलिइ यसरी जथाभावी फेसबुकमा विज्ञापन गर्दै पीसीआर परीक्षणमा जनता ठगिरहेको केन्द्ररीय प्रयोगशालाले जनाएको छ । तर, यसलाई नियमन गरी नागरिक ठगिनबाट बचाउने सोचमा कोही देखिएका छैनन् ।

बेसुरमा रहेको राज्य सुरुमा नआउँदासम्म यस्ता जनता ठग्न खुलेका फेसबुके ल्याब बन्द हुने छैनन् ।

एउटा उच्चस्तरको टिमै बनेर अनुगमन गर्नुपर्ने अवस्था देखिएको प्रयोगशालाका अधिकारीहरु बताउँछन्।

क्याटेगोरी : समाचार
ट्याग : ## राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल, #अपराध महाशाखा, #पीसीआर ठगी धन्दा, #प्रहरी, #फेसबुके पीसीआर ल्याब, #राज्य बेखबर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com