डब्ल्यूएचओले नेपाललाई किन दियो बधाई !


काठमाडौं । १८ वर्ष उमेर समूहका ७० प्रतिशल जनसंख्याले पूर्ण खोप पाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपाललाई बधाई दिएको छ ।

कोरोनाविरुद्धको पूर्ण खोप १८ बर्ष उमेर समुहका ७० प्रतिशतले लगाएकोमा डब्लुएचओ नेपालले बधाई दिएको हो ।नेपालमा एक वर्षभित्र १८ वर्षमाथिका ७० प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।

२०७७ माघ १४ गतेदेखि सुरु भएको खोप अभियान एक वर्ष बित्दा १८ वर्षमाथिका ७० प्रतिशतले लगाउन पाएका हुन् । १८ वर्षमाथिका ८३ प्रतिशतले कम्तीमा एकमात्रा खोप लगाइसकेका छन् । यसैको उपलक्ष्यमा डब्ल्यूएचओले नेपाललाई बधाई दिएको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #७० प्रतिशत, #डब्ल्यूएचओ, #बधाई, #बधाई छ नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com