फागुनबाट विद्यालय खुल्ने, भौतिक उपस्थितिमै पठनपाठन


काठमाडौं । माघ मसान्तसम्म बन्द भएको विद्यालयहरु फागुन एक गतेबाट खुल्ने भएका छन्  कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आज बसेको बैठकले फागुन १ गतेदेखि विद्यालय खोल्ने सिफारिस गरेको हो ।सीसीएमसीसीको सिफारिसअनुसार उपत्यकाका सीडीओको बैठकले भौतिक उपस्थितिमै पठनपाठन गर्नेगरी विद्यालय खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्बाटै निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयहरुले विद्यालय बन्द गर्ने आदेशको सूचना प्रकाशित गरेको थियो । जिल्ला प्रशासन कार्यालय आज अर्को आदेशको सूचना प्रकाशित गरेर विद्यालय खोल्ने निर्णय गरेको हो ।

निजी विद्यालयहरुले फागुनदेखि विद्यालय खुलाउन दबाव दिएपछि सीसीएमसीसीले विद्यालय खोल्न सिफारिस गरेको हो ।

क्याटेगोरी : प्रदेश, विविध, समाचार
ट्याग : ## जिल्ला प्रशासन कार्यालय, ## मन्त्रिपरिषद्, #फागुन, #विद्यालय, #सीसीएमसीसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com