काठमाडौंमा बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै


काठमाडौं। काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीलाई आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । यस खोप अभियान आजदेखि फागुन ५ गतेसम्म जारी रहने छ ।

महानगरद्वारा जारी सूचना अनुसार १२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीलाई फाइजरको दोस्रो मात्रा लगाईनेछ । काठमाडौं महानगरभित्रका ३२ वटै वडामा रहेका तोकिएका विद्यालयहरूमा शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिनेछ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #फाइजर खोप, #बालबालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com