ज्योतिषीको सल्लाहअनुसार वैशाख ३० गते स्थानीय तहको निर्वाचन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सरुवा, बढुवा र नियुक्तिमा तत्काल असर नपर्ने


काठमाडौं । सरकारले वैशाख ३० गते एकैचरणमा स्थानीय तहको चुनाव गराउन मिति घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्योतिषीले बैशाख ३० गते चुनाव गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिएकाले उक्त मितिमा चुनाव हुने भएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो । चुनावको मिति बैशाख ३० गतेलाई तोक्ने गरी गृह मन्त्रालयले प्रस्ताव पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए । गृहको प्रस्तावअनुसार मन्त्रिपरिषिद्को बैठकले वैशाख ३० गते निर्वाचन गर्ने मिति तोकेको हो ।

प्रधानमन्त्री देउवाले ज्योतिषीसँग परामर्श गरेर वैशाख ३० गते एकै चरणमा चुनावको मिति तोक्न निर्देशन दिएकाले उक्त मितिमा चुनाव गर्न लागिएको ती अधिकारीको भनाइ छ ।

वैशाख महिनाभरी मात्र निर्वाचन आचारसिंहता लागू हुने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य निकायको सरुवा, बढुवा तथा नियुक्तिमा कुनै असर नपर्ने जनाइएको छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेपछि राजनीतिक दललाई आचारसंहिता लाग्ने छ । वैशाखदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका एक आयुक्तले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #गृह मन्त्रालय, #निर्वाचन आयोग, #बैशाख ३० गते चुनाव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com