‘खोप हिनामिना अहिले हैन ओली कै पालामा भएको छ’


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र सचिव डा. रोशन पोखरेलमाथि अहिले २४ लाख खोप हिनामिना भएको आरोप मात्रै लागेको छैन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

शेरबहादुर देउवा ०७८ असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरियो । त्यस अगाडि प्रधानमन्त्रीमा केपी शर्मा ओली र स्वास्थ्यमन्त्रीमा हृदयेश त्रिपाठी थिए । उक्त समय स्वास्थ्य सचिव प्रशासन तर्फका लक्ष्मण अर्याल थिए । उनी स्वास्थ्यमा निकै विवादित बनेर बाहिरिएका सचिव हुन् ।

ओली सरकारले खोपका कुनै पनि सूचना पारदर्शी गरेको थिएन । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोसँग खोप सम्झौता भयो, कुन समयमा आउँदैछ केही सूचना दिएका थिएनन् ।
उनले कोभिड-१९ विरुद्धको खोपको सूचना बिरालोले आफ्नै फोहोर लुकाए जस्तो लुकाए तर, त्यहीँ समयमा खोपको चरम अनियमितता भएको थियो ।

खोपको चरम अभाव त्यहीबेला थियो जुन बेला ओली सत्तामा थिए । स्वास्थ्य लाइभले २०७७ चैत ३१ गते भारतीय नागरिकले नेपालमा आएर ठूलो मात्रामा खोप लगाएको फेला पारेको थियो । त्यसको ज्वलन्त उदाहरण यी केही खोप कार्ड र खोप लगाएको पुष्टि गर्ने पत्र बनाइएको छ । अधिकारीहरुकाअनुसार जहाज चार्टर गरेर कयौं विदेशीले नेपालमा आएर खोप लगाएका छन् । त्यसरी विदेशीलाई खोप दिन तत्कालीन स्वास्थ्य सचिव अर्यालको ठूलो सेटिङ रहेको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । उक्त समयमा प्रति डोज ५० हजारदेखि १ लाखसम्म भारतीयले पैसा दिएर लगाएको अधिकारीहरुको दाबी छ । खोप अनियमितता केलाउँने हो भने यसको मुख्य दोषी हृदयेश त्रिपाठी र तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्याल नै हुन् । उनीहरुको पालामा खोपमा ब्यापक अनियमितता भएको छ ।

शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोपमा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा मागेका छन् । उनले कोभिड-१९ विरुद्धका २४ लाख डोज खोप खतिवडाले हिनामिना गरेको भन्दै राजीनामाको माग गरेका हुन् । ओलीलाई यति पनि जानकारी भएनकी खोप अहिले सित्तैमा दिएपनि कसैले लगाउने वाला छैनन् । सरकार परिवर्तन भएपछि खोपमा खासै समस्या भएन ।

ओलीले भने जस्तै २४ लाख डोज खोप झ्वाम्म खायो । लाज सरम छैन । हाम्रो पार्टीको माग छ २४ लाख डोजको हिसाब चाहियो । कर्लप्प खान पाउँदैन । कुनै समयमा पनि छानबिन हुनुपर्छ । यदी देउवा सरकारको हिम्मत छ, भने छानबिन गरोस् । ओलीका पालामा स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका त्रिपाठी र सचिव अर्यालको पालमा भएका अनियमितता जनताले थाहा पाउँने नै पर्छ । जतिपनि खोप हराएका छन् त्यही समयमा हराएका छन् । त्यसको केही प्रमाणहरू स्वास्थ्य लाइभसँग सुरक्षित छन् ।

स्वास्थ्य मन्त्रालयले छानबिन समिति बनाएको छ । उक्त समितिमा लक्ष्मण अर्यालका निकै प्रिय मानिएका डा. गुणराज लोहनी संयोजक रहेका छन् । उनले अर्यालमाथि खोप अनियमितताको आरोप लगाउँछन् लगाउँदैनन रिपोर्ट आएपछि स्पष्ट हुनेनै छ । यदि उनले आरोप लगाउँन सकेनन् भनेपनि यही प्रमाणले खोपको अनियमितता कसको पालामा भएको छ स्पष्ट हुनेछ । खोप अनियमितता डा. लोहनीका लागि पनि परीक्षाको विषय हो ।

क्याटेगोरी : समाचार
ट्याग : ## नेपाल सरकार, ## लक्ष्मण अर्याल, ## स्वास्थ्य सचिव, #केपी ओली, #खोप हिनामिना, #प्रधानमन्त्री, #भारतीयलाई खोप बेचेको, #भ्रष्टचार, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री, #हृदेश त्रिपाठी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com