भजनीले मासिक तीनलाख दिनेगरी एमडीजीपी गरेको चिकित्सक माग्यो


काठमाडौं । कैलालीस्थित भजनी नगरपालिकाले मासिक तीनलाख तलब सुविधा दिने गरी एमडीजीपी गरेको  चिकित्सक करार सेवामा मागेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै भजनी नगर अस्पताल सञ्चालनका लागि मासिक तीनलाख दिन गरी नवौं तहको करार सेवामा एमडीजीपी गरेको चिकित्सक खोजेको हो ।

फागुन ९ गतेभित्र दरखास्त बुझाउनु पर्ने १५ दिनको म्याद दिंदै भजनी नगरपालिकाले ६ महिनाका लागि एमडीजीपी गरेको एकजना चिकित्सक करार सेवामा मागेको छ । नगरपालिकले करार सेवाको म्याद आवश्यकताअनुसार थप्दै जान सकिने जनाएको छ ।

१८ वर्ष पूरा भएर ४५ वर्ष ननाघेका योग्य व्यक्तिले दरखास्त दिन सकिनेछ । संक्षिप्त सूची प्रकाशन र अन्तर्वार्ताका माध्यामबाट छनौट गरिने भजनीको सूचनामा उल्लेख छ ।

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : #एमडीजीपी, #करार सेवा, #कैलाली, #नगर अस्पताल, #भजनी नगरपालिका, #विशेषज्ञ चिकित्सक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com