मणिपाल हत्याउने बतासमाथि आक्रामक प्रेम आलेको अश्लिल हर्कत !


काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पताल हत्याउने बतास समूहमाथि आक्रामक बनेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अश्लिल हर्कत सार्वजनिक भएको छ ।

मन्त्री आलेले पदीय मर्यादाविपरी अश्लित शब्द प्रयोग गरेका मात्र छैनन् ज्यान मार्ने धम्की समेत दिएको पाइएको छ ।

नारायणहिटी दरबार संग्रहालय, पशुपति धर्मशाला लगायतमा बतास समूहमाथि आक्रमक बनेर मन्त्री आले अशभ्य र अशिष्ट तरिकाले प्रस्तुत भएका छन् ।

अछामका जगत वलीले फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर  पर्यटनमन्त्री आले  तल्लोस्तरमा अत्रिएका हुन् । मन्त्री पदमा बसेर यस्तो अभद्र व्यवहार गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ । उनको अभिव्यक्ति सार्वजनिक रुपमा सुन्न र राख्न असहज हुने खालको छ । बातैपिच्छे मन्त्री आलेले मा*ने शब्द प्रयोग गरेका छन् । उनले अश्लिल शब्द प्रयोग गर्दै अपहरण गर्ने धम्की दिएको अडिओ/ भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com