पूर्व स्वास्थ्यमन्त्री यादवको पार्टी फुट्दै, सलोपा दर्ता गर्ने कसरतमा बाबुराम


काठमाडौं ।  पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको  जनता समाजवादी पार्टी (जसपा) फुट्न लागेको छ ।

पूर्व स्वास्थ्यमन्त्री यादवको जसपाबाट अलग भएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, अशोक राईलगायतले समावेशी लोकतान्त्रिक पार्टी (सलोपा) बनाउने तयारी गरेका छन् । शुक्रबारभित्र सलोपा पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने कसरतमा पूर्व प्रधानमन्त्री भट्टराईको टिम सक्रिय भएको छ ।

सलोपाले निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि छाप, लेटर प्याडलगायतका सबै कुरा बनाइरहेको छ । जसपाका नेता बाबुराम भट्टराईकी धमपत्नी समेत रहेकी नेतृ हिसिला यमीले यो सबै चाजोपाँजो मिलाइरहेकी छिन् ।

अनामनगरमा सम्पर्क कार्यालय खोलेर बाबुरामको समूहले नयाँ पार्टी सलोपा खोल्ने तयारी गरेको हो । पार्टीको नाम अन्तिम भइसकेको स्वास्थ्य लाइभले फेला पारेको छ । अहिले नेतृ यमी अनामनगर क्षेत्रमा सलोपा पार्टी जन्माउने कसरतमा दौडिरहेकी छिन् । बाबुराम समूहको कसरत हेर्दा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी जसपा फुटेर सलोपा नामको नयाँ पार्टी घोषणा हुने अन्तिम तयारीमा रहेको प्रस्ट हुन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अशोक राई, #उपेन्द्र यादव, #जनता समाजवादी पार्टी( जसपा), #निर्वाचन आयोग, #पार्टी फुट्दै, #पूर्व स्वास्थ्यमन्त्री, #बाबुराम भट्टराई, #राजेन्द्र श्रेष्ठ, #समावेशी लोकतान्त्रिक पार्टी ( सलोपा), #हिसिला यमी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com