स्वास्थ्यमन्त्री विरोध हटेर उमेश फर्कन सक्ने


काठमाडौं । चर्चित एमसीसी प्रकरणले सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास फेल जे भएपनि संसदमा टेबल गर्ने घोषणा गर्नु र एमसीसी सदनमा लगे सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णयले गठबन्धन सरकार संकटमा फसेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक विमोचन गर्ने कार्यक्रममा एमसीसी पास-फेल जे भएपनि संसदमा पेश गर्ने तयारी रहेको बताएका छन् । उता हिजो मात्र माओवादी केन्द्रले एमसीसी संसदमा लगिए सरकार छाड्ने निर्णय गरेको छ । माओवादी र कांग्रेसको अडानका कारण सत्ता गठबन्धन धरापमा पर्ने स्थिति आएको हो ।

यसैबीच नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु पनि गम्भीर परामर्शमा जुटेका छन् । समाजवादीबाट नेतृत्व गरेर सरकारमा गएका सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहिका मन्त्रीहरू स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न समाजवादीका अन्यमन्त्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएका हुन् । माओवादी र समाजवादीको एमसीसी प्रकरणमा एउटै अडान रहेकाले एमसीसी सदनमा पेश हुनसाथ दुबै दलले सरकार छाड्ने प्रवल सम्भावना छ ।

भोलि नै सदनमा एमसीसी पेश भए स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासहित एकीकृत समाजवादी र माओवादीका मन्त्रीहरु सरकारबाट बाहिरन सक्छन् । त्यो अवस्थामा स्वास्थ्यबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका राज्यमन्त्री उमेश श्रेष्ठ स्वास्थ्यमै फिर्ता हुने उच्च सम्भावना रहेको चर्चा छ । अहिले बस्न खोजेको मन्त्रिपरिषद्को बैठक नै माओवादी र समाजवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुका लागि अन्तिम हुन सक्ने अनुमान गरिएको छ ।

एमसीसीले विरोधलाई किनारा लगाएर स्वास्थ्यमा उमेशलाई ल्याउने सम्भावनालाई नकार्न सकिन्न ।

क्याटेगोरी : समाचार
ट्याग : ## विरोध खतिवडा, #उमेश श्रेष्ठ, #एमसीसी, #नेकपा एकीकृत समाजवादी, #माओवादी केन्द्र, #सत्ता गठबन्धन, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य राज्यमन्त्री, #स्वास्थ्यमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com