समाजवादीका मन्त्रीहरू पद जोगाउन स्वास्थ्यमन्त्रीको घरमा !


काठमाडौं । एमसीसीको कारण सत्ता गठबन्धन नै धरापमा पर्ने देखिएपछि नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू पद जोगाउन स्वास्थ्यमन्त्री विरोध खतिवडाको निवासमा भेला भएको पाइएको छ ।

शनिबार नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्न भएपछि हिजो राति समाजवादीका मन्त्रीहरूले गोप्य छलफल गरेको पाइएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ, संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङबीच गोप्य छलफल भएको स्रोतको दाबी छ ।

एमसीसीका कारण गठबन्धन धरापमा परे आफूहरुको मन्त्री पद पनि खुस्कने भन्दै उनीहरू एमसीसीको पक्षमा उभिनुपर्ने लाइनमा देखिएको स्रोतको भनाइ छ । सहरी विकासमन्त्री झाँक्रीले यस अघि नै एमसीसीमा प्रधानमन्त्रीकोभन्दा आफ्नो कुरा फरक हुन नसक्ने सार्वजनिक धारणा राखिसकेकी छिन् ।

स्वास्थ्यमन्त्री खतिवडाको घरमा भेला भएका एकीकृत समाजवादीका मन्त्रीहरुले एमसीसीका कारण सत्ता गठबन्धन धरापमा पर्न दिन नहुने लाइनमा देखिएको स्रोतको भनाइ छ । त्यहीअनुसार आज बस्ने एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा धारणा राख्ने गरी भेला टुंगिएको र सोहीअनुसार प्रस्तुत हुन सक्ने बताइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com