एमसीसी टेबल गर्नुपर्ने भएपछि अर्थमन्त्री अस्वस्थ, सञ्चारमन्त्रीलाई जिम्मा


काठमाडौं । प्रतिनिधि सभामा एमसीसी टेबल गर्नुपर्ने भएपछि अर्थमन्त्री जनार्दन शर्मा अस्वस्थ बनेका छन् । एमसीसी अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गर्नु पर्नेमा स्वास्थ्यको समस्या देखाउँदै उपस्थित नहुने जनाएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सदनमा टेबल गराउने भएका हुन् ।

कांग्रेस सचेतक पुष्पा भुसालकाअनुसार एमसीसी सदनमा टेबल गर्ने जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको बताइन् । अर्थमन्त्री अस्वस्थ भएर आराम गरिरहेकाले सञ्चारमन्त्रीलाई सदनमा एमसीसी टेबल गर्ने जिम्मा दिइएको हो ।

संघीय संसद प्रतिनिधि सभाको दैनिक कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट पेश गर्ने उल्लेख छ । तर  अर्थमन्त्री शर्मा बिरामी भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी टेबल गर्ने भएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #अस्वस्थ, #एमसीसी, #बिरामी, #सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com