भोजपुरमा डा. लोचन कार्कीदेखि भगवान कोइरालासम्मको जमघट

५० जनाभन्दा बढी चिकित्सकको उपस्थितिमा ५ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लक्ष्य


काठमाडौं । भोजपुर जिल्ला अस्पतालमा डा. लोचन कार्कीदेखि डा. भगवान कोइरालासम्मको जमघट हुने भएको छ ।

भोजपुर जिल्ला अस्पताल अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन नेपाल चिकित्सक संघका अध्यक्ष समेत रहेका डा. कार्की,  कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, ओम अस्पतालका अध्यक्ष आनन्दप्रसाद श्रेष्ठ पनि उक्त स्वास्थ्य शिविरमा सहभागी हुने दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

फागुन २७ र २८ गते भोजपुर जिल्लामा अस्पतालमा हुन गइरहेको वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा छाला तथा यौन रोग डा. सञ्जुबाबु श्रेष्ठ, न्युरोसर्जन डा. प्रत्युश श्रेष्ठ, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रश्मी कोइरालालगायत ५० जनाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संलग्न हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

भोजपुर जिल्लाको सदरमुकामस्थित भोजपुर जिल्ला अस्पतालमा जिल्लाभरि कै ५ हजार जनसमुदायलाई लक्षित गरी दुईदिने निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा प्रदान गर्न खोजिएको  हो । भोजपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुन गइरहेको निःशुल्क स्वास्थ्य शिविरमा नेपाल चिकित्सक संघ, दावाँली मिलन क्लब, कृष्णलक्ष्मी-लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानलगायतका भोजपुरसँग सम्बन्धित विभिन्न सामाजिक संस्थाहरूको समन्वय तथा सहकार्य रहेको छ ।

यो निःशुल्क स्वास्थ्य शिविरले भोजपुर जिल्लामा मेडिकल टुरिजम समेत प्रबर्द्धन हुने शिवर सञ्चालमा समन्वय गर्ने संघ/संस्थाहरूको विश्वास रहेको छ । भोजपुर जिल्लाका युवा तथा ऊर्जाशील मेयर कैलाश आलेको सक्रियतामा भोजपुर अस्पतालमा वृहत्त र विशिष्ट स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #ओम अस्पतालका अध्यक्ष आनन्दप्रसाद श्रेष्ठ, #डा. भगवान कोइराला, #डा. लोचन कार्की, #डा. सञ्जुबाबु श्रेष्ठ, #दावाँली मिलन क्लब, #दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठ, #निःशुल्क स्वास्थ्य शिविर, #नेपाल चिकित्सक संघ, #न्युरोसर्जन डा. प्रत्युश श्रेष्ठ, #भोजपुर जिल्ला अस्पताल, #भोजपुर नगरपालिका, #मेयर कैलाश आले मगर, #वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रश्मी कोइराला, #वीरका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com